विश्व

श्रीलंका संकट : राष्ट्रपति भवनमा प्रदर्शनकारी, सडकमा सेना

इकागज |
असार २७, २०७९ सोमबार ८:५३ बजे

काठमाडौँ - आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अवस्था झन् नाजुक बन्दै गएको छ । राष्ट्रपति कार्यालय प्रदर्शनकारीले बक्जामा लिएका छन् । सडकदेखि राष्ट्रपति कार्यालयमा प्रदर्शनकारीले भरिभराउ छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जनताले पेट्रोल, बिजुली, खाना जस्ता आधारभूत सुविधाका लागि संघर्ष गरिरहेका छन् । 

समाचारमा जनाइएअनुसार जनताको धैर्यको बाँध अहिले फुटेको छ, जसको मार नेताहरूलाई नै बेहोर्नु परेको छ । शनिबार राष्ट्रपति कार्यालय पुगेका प्रदर्शनकारीहरू अझै त्यही छन् । गोताबाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा नदिएसम्म राष्ट्रपति भवन आफ्नो कब्जामा रहने उनीहरूको भनाइ छ । यससँगै देशका सबै ठाउँमा सेना पनि तैनाथ छ । 



Author

थप समाचार
x