जापानको माथिल्लो सदनको निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टीको बहुमत
जापान- जापानको माथिल्लो सदनको निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टी एलडिपी बहुमत जापानमा सम्पन्न माथिल्लो सदनको निर्वाचनमा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ ।
आइतबार सम्पन्न चुनावमा एलडीपीले ६३ सिटमा जित हात पारेको छ । १२५ सिटका लागि भएको हाउस अफ काउन्सिलर्सको चुनावमा बहुमत हात पारेको हो । यो परिणाम आधाभन्दा धेरै हो । शुक्रबार नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एलडीपीका नेता एवम् पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको थियो ।
राष्ट्रिय स्तरको निर्वाचनमा फुमिओ किशिदाको प्रधानमन्त्री एवम् एलडीपीका अध्यक्षका लागि लगातार दोस्रो पटक जित भएको छ । प्रतिपक्ष दल डेमोक्रेटिक पार्टी अफ जापान (सीडीपीजे)ले १७ सिट मात्रै जितेको छ । निप्पोन इशिन नो काईले १२ सिटमा जित हात पारेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया