श्रीलंकामा राष्ट्रपति कार्यालयमा भेटिएको करिब ५० हजार डलर अदालतमा बुझाइयो
कोलम्बो–श्रीलंकाका राष्ट्रपतिले आफ्नो सरकारी निवासबाट भाग्दा छाडेको लाखौं रुपैयाँ नगद सोमबार प्रदर्शनकारीहरूले फिर्ता गरेपछि अदालतमा बुझाइएको विवरण सार्वजनिक भएको छ ।
शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षे निवासमा प्रवेश गरेका प्रदर्शनकारीले प्राप्त गरेको १७ दशमलब ८५ मिलियन श्रीलंकाली रुपी (करिब ५० हजार डलर) सोमबार अदालतमा बुझाइएको हो । ‘ प्रहरीले नगद नियन्त्रणमा लिएको छ र आज अदालतमा पेस गरिएको छ,’ प्रहरी प्रवक्ताले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया