इटालीमा कोभिडको दोस्रो बुस्टर डोज
फाइल तस्बिर
रोम- इटालीले चाँडै नै ६० वर्षभन्दा माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो ।
युरोपभर संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ बृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो । पछिल्ला दिनमा सुस्त बनेको खोप अभियानलाई सरकारले पुनः गति दिन राष्ट्रिय निर्णयहरू सहज बनाउने अपेक्षा गरिएको छ ।
स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले सरकारले इटालीका २० क्षेत्रीय प्रशासनलाई राष्ट्रिय चिकित्सा एजेन्सी एआईएफएको स्वीकृतिपछि दोस्रो बुस्टर अभियान सुरु गर्न अनुमति दिएको बताए । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया