विश्व

श्रीलंकाका राष्ट्रपतिका भाइ बसिलको दुबई भाग्‍ने प्रयास असफल

इकागज |
असार २८, २०७९ मंगलबार १३:२ बजे

कोलम्बो- श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन् । विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए ।

राष्ट्रपति गोटाबाय राजापाक्षेका भाइ बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो । त्यसपछि मानिसहरूले विरोध गरेका थिए ।


बसिल मंगलबार बिहान सबा १२ बजे चेक–इन काउन्टरमा पुगेका थिए । उनी सबा ३ बजेसम्म त्यही थिए । अध्यागमन अधिकारीहरूले उनलाई ‘क्लियर’ नगरेपछि अन्ततः उनी विमानस्थलबाट फर्किएका थिए ।

श्रीलंका इमिग्रेसन एण्ड इमिग्रेसन अफिसर्स एसोसिएसनका सदस्यले कोलम्बो एयरपोर्टको भीआईपी प्रस्थान क्षेत्रमा राजापाक्षेलाई सेवा दिन अस्वीकार गरेको एसोसियसनले जनाएको छ । एजेन्सी


Author

थप समाचार
x