विश्व

श्रीलंकामा संकटकाल घोषणा

इकागज |
असार २९, २०७९ बुधबार १२:२९ बजे

काठमाडौँ – श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार देशमा संकटकाल घोषणा गरेका हुन् । उनले देशभरी कर्फ्यू समेत लागू गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध निरन्तर प्रदर्शन तथा राजीनामाका लागि दबाब बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो ।


यसैबीच श्रीलंकाको राष्ट्रपति गोटाबाया राजापाक्षेले राजिनामा नदिएका कारण उनको स्थानमा नयाँ राष्ट्रपतिले सपथ लिन नपाउने व्यवस्था रहेको छ । यसको अर्थ राजापाक्षेले आधिकारिक पत्रमा राजिनामा नदिएसम्म श्रीलंकामा नयाँ राष्ट्रपतिले सपथ लिन पाउने छैनन् ।

राजापाक्षे भने श्रीलंका छाडेर माल्दिभ्स पुगेको तथा त्यहाँबाट अन्तिम गन्तव्यसम्म नपुगुन्जेल उनको राजिनामा नपाउने बताइएको छ ।

बीबीसीले जनाए अनुसार राजापाक्षेले राजिनामा पत्रमा हस्ताक्षर भने गरिसकेका छन् ।


Author

थप समाचार
x