विश्व

श्रीलंका संकट : संसद् भवन र प्रधानमन्त्री कार्यालयतिर जाँदै प्रदर्शनकारी

इकागज |
असार २९, २०७९ बुधबार १३:४३ बजे

फाइल तस्बिर

कोलम्बो - कोलम्बोमा देशव्यापी आपतकाल  घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टापछि सम्भावित हिंसाबीच संकटकाल  घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् । 


बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यू पनि लगाइएको छ । यसैबीच, प्रधानमन्त्रीले हिंसात्मक कार्य गर्नेलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको उनको कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षेसँगै प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोज्ने भीड तितरबितर पार्न सुरक्षा बलहरूले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन् ।

अहिले प्रदर्शनकारीको संसद् र प्रधानमन्त्रीको कार्यलयतर्फ बढेको प्राप्त विवरणमा जनाइएको छ । 


Author

थप समाचार
x