भारतमा कोभिड विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिइने
फाइल फोटो
नयाँ दिल्ली - भारतमा कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क लगाइने भएको छ ।
सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ । जुलाई १५ देखि ७५ दिनसम्म निःशुल्क खोप दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।
देशभर रहेका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा यो सेवा उपलब्ध हुने पनि सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ ।
“भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । त्यसैको अवसरमा जुलाई १५ देखि ७५ दिनसम्म १८ भन्दा बढी उमेरका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिने निर्णय गरेका छौँ,” सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने
भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई यसअघि मार्च १६ देखि कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया