विश्व

संकट बढ्दै गएपछि श्रीलंकाको संसद् नजिकै सेनाका ट्यांकहरू तैनाथ

इकागज |
असार ३०, २०७९ बिहीबार १६:३ बजे

फाइल फोटो

कोलम्बो - श्रीलंकको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्यांकहरू तैनाथ गरेको छ  । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्यांक तैनाथ गरिएको  बताइएको छ ।

श्रीलंकाको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका छन् ।  अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक संकटमा परेको छ।  जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर विरोध जनाएका थिए ।


आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका थिए ।

देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमतीले आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् ।
अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । 

अहिले श्रीलंका इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण  देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।

अर्को सूचना नभएसम्मका लागि सरकारी कार्यालयहरू बन्द। घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको  हो ।


Author

थप समाचार
x