विश्व

राष्ट्रपति राजापाक्षे साउदी एयरको विमानबाट सिंगापुर प्रस्थान

इकागज |
असार ३०, २०७९ बिहीबार १६:४० बजे

कोलम्बो - श्रीलंकामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिंगापुर प्रस्थान गरेका छन्।

राजपक्षेले माल्दिभ्स छाडेर साउदी एयरलाइन्सबाट  सिंगापुर प्रस्थान गरेको बीबीसीले जनाएको छ । उनी सिंगापुर नै बस्छन् या के गर्छन् अझै टुंगो लागेको छैन । 


राजापाक्षे,  श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो । 

७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए  । विकसित घटनाक्रमलाई सहजरूपमा सम्बोधन गर्न नसकेपछि उनले बुधबार राजीनामा बुझाउने घोषणा गरेका थिए।


Author

थप समाचार
x