विश्व

अफगानिस्तानको एक अस्पतालमा १८० जना हैजाका बिरामी

इकागज |
असार ३०, २०७९ बिहीबार २१:२७ बजे

फाइल फोटो

अफगानिस्तान - हैजाबाट संक्रमित कम्तीमा १८० जनालाई अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित मिर वाइस अस्पतालमा भर्ना गरिएको बिहीबार अस्पतालका एक चिकित्सकले बताएका छन् ।

चिकित्सक सोर्गुल नौजदीले भने, `यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन् ।` 


यस रोगले पहिले छिमेकी हेलमन्ड प्रान्तमा २० जना केटाकेटीको मृत्यु भइसकेको नवजादीले बताए ।  

हेलमण्ड प्रान्तको बाघरान जिल्लाको गाउँपालिकामा करिब १५० जनामा यो रोग लागेको स्थानीयले बताएका छन् ।

`मौसम धेरै गर्मी छ । हामीसँग स्वच्छ खानेपानी छैन र मलाई लाग्छ स्वच्छ पानीको अभाव हाम्रो क्षेत्रमा रोगको प्रकोपको कारण हुनसक्छ,` शाह वलिकोट जिल्लाका दोस्त मोहम्मदले भने । 

शाह वलिकोट निवासी सामाजिक अगुवा करी अब्दुल्लाहले स्थानीय प्रशासन र मानवीय सहयोगका लागि काम गर्दै आएका संघसंस्थाहरूलाई त्यस क्षेत्रका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग गर्न आह्वान गरेका छन् । 

स्वास्थ्य आधारभूत संरचनाको अभाव, स्वास्थ्य केन्द्रहरूको अभाव तथा गुणस्तरहीन स्वास्थ्य सेवाका साथै अफगानिस्तानका दुर्गम क्षेत्रहरूमा खाने पानीको अभावले गाउँलेहरूलाई यस रोगको सिकार हुनु परेको छ । 
 


Author

थप समाचार
x