विश्व

श्रीलंकामा नयाँ राष्ट्रपति नियुक्तिको बाटो खुल्यो

इकागज |
असार ३१, २०७९ शुक्रबार १४:१७ बजे

काठमाडौँ – श्रीलंकाको संसदले अपदस्थ राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा स्वीकृत गरेको छ । यससँगै झण्डै २० वर्षदेखि सत्तामा रहेको एकै परिवारको शासनको अन्त्य भएको बीबीसीले जनाएको छ ।

देशको आर्थिक संकटका लागि जिम्मेवार भएको भन्दै निरन्तर विरोद्ध भएपछि राष्ट्रपति राजापाक्षे सिंगापुर भागेका छन् । साथै उनले पदबाट राजीनामा समेत दिए । राजापाक्षेको राजीनामासँगै श्रीलंकामा नयाँ राष्ट्रपति नियुक्तिका लागि बाटो खुलेको छ ।


श्रीलंकाका सभामुख महिन्दा यापा अवेवार्दनेले शुक्रबार राजापाक्षेको राजीनामा स्वीकृत गरिएको जनाए हुन् । राजापाक्षेको राजीनामा शुक्रबार प्राप्त भएको समेत उनले बताए ।

अववार्दनेले नयाँ राष्ट्रपति नियुक्तिको प्रकृयाका लागि शनिबार संसद बैठकको आह्वान गरेका छन् । वर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यकारी राष्ट्रपतिको रुपमा सपथ लिएका छन् ।


Author

थप समाचार
x