श्रीलंकाका प्रधानमन्त्रीले रनिल विक्रमासिंघले लिए अन्तरिम राष्ट्रपतिको शपथ
कोलम्बो - भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।
विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिएका छन् । श्रीलंकामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षेले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताएका थिए ।
औपचारिक रूपमा राष्ट्रपति पद छाडेर सिङ्गापुर पुगेका गोटाबाया राजापाक्षेले हिजो राजीनामा पत्र बुझाएका हुन् । संसद्का सभामुख अबेवर्देनाले एएनआईलाई भने, `हो, राष्ट्रपतिको राजीनामा स्वीकृत भएको छ, कानुनी प्रक्रिया अगाडि बढ्नेछ, सदस्यहरूलाई भोलि (राष्ट्रपति चयन गर्न) आमन्त्रित गरिने छ ।`
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया