विश्व

श्रीलंका संकट

महिन्दा र बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध

इकागज |
असार ३१, २०७९ शुक्रबार १९:२४ बजे

एजेन्सी- श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व वित्त मन्त्री बासिल राजापाक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ । 

बासिल राजापाक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । 


यसपछि श्रीलंकाको सर्वोच्च अदालतले दुबै नेताहरुलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ ।

यसअघि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए ।

उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् । 


Author

थप समाचार
x