संकट समाधान गर्न सम्भावित सबै कदम चालेँ : गोटाबाय राजापाक्षे
कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेले आर्थिक संकटबाट बच्न ‘सम्भावित सबै कदम’ चालेको बताएका छन् । आफूविरुद्धको प्रदर्शन उग्र भएपछि उनी यसै साता माल्दिभ्स हुँदै सिंगापुर भागेका थिए । उनको राजीनामा शुक्रबार संसदले अनुमोदन गरेको छ ।
श्रीलंकाका सभामुखलाई बुझाएको आफ्नो पत्रमा राजापाक्षेले श्रीलंकाको आर्थिक संकटको जड आर्थिक कुप्रबन्धमा भएको बताए । कोभिड-१९ महामारीको कारणले श्रीलंकाको पर्यटक आगमन र विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा ठूलो कमी आएको पनि उनले जिकिर गरे ।
यसअघि उनले पठाएको पत्रको पूर्ण विवरण सार्वजनिक गरिएको थिएन । ‘यो मेरो व्यक्तिगत विश्वास हो कि मैले यस संकट सम्बोधन गर्न सबै सम्भावित कदमहरू चालेको छु, जसमा सांसदहरूलाई सर्वदलीय सरकार गठन गर्न आमन्त्रित गर्ने लगायतका छन्,’ पत्रमा भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया