युक्रेनका ५ हजार बालबालिकालाई रुस लगियो
काठमाडौँ – युक्रेनी अधिकारीको सहभागिताविना रुसले युक्रेनका ५ हजार भन्दा बढी बालबालिकासहित ३० हजार मानिसलाई उद्धार गरेर रुस लगेको छ ।
रुसी राष्ट्रिय सुरक्षा नियन्त्रण केन्द्रका प्रमुखलाई उदृत गर्दै अलजजिराले जनाए अनुसार २४ घण्टाभित्रै युक्रेनका २८ हजार ४ सय २४ जनालाई रुस लगिएको हो । त्यसमध्ये ५ हजार १ सय ४८ जना बालबालिका रहेका सुरक्षा केन्द्रका प्रमुख मिखाइल मिजिनसेभले जानकारी दिएका हुन् ।
उनीहरुलाई संवेदनशील डोनबास क्षेत्रबाट रुस लगिएको हो । रुसले हालसम्म ४ लाख १२ हजार ५ सय ५३ बालबालिकासहित २६ लाख १२ हजार ७ सय ४७ युक्रेनी नागरिकलाई रुस लगिएको मिखाइलले जानकारी गराए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया