खाद्य असुरक्षा कम गर्न जी २० का नेताहरू सहमत
जाकार्ता- ग्रुप अफ २० ९जी२० ० का नेताले हाल विश्वमा समस्याका रुपमा देखा परेको खाद्य असुरक्षालाई कम गर्ने विषयमा सहमत भएका छन् ।
जि २० का अर्थमन्त्री र गभर्नरहरूको इन्डोनेसियाको बालीमा सम्पन्न बैठकमा सो निर्णय गरेको हो । जि २० का अर्थमन्त्री र गभर्नरहरूले अहिलेको अवस्थामा विश्वमा बढ्दै गएको खाद्य असुरक्षालाई कम गर्न र खाद्य सुरक्षाको अवस्थालाई सुनिश्चित गर्न आपसमा समन्वय गरेर काम गर्ने बताएका छन् ।
युक्रेन सङ्कट र अन्य कारणहरूले हालैका दिनहरूमा विश्वमा खाद्य असुरक्षा एक ठूलो चुनौतीका रुपमा देखिएको बताउँदै उनीहरूले खाद्य असुरक्षा र यससँग सम्बन्धित अन्य विविध चुनौतीहरूको खोजी गर्ने त्यसलाई कम गर्नका लागिपर्ने बताएका हुन् ।
बालीमा सम्पन्न सो बैठकपछि आयोजक राष्ट्र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले भनिन्– 'हामीले यस विषयमा आवश्यक छफफल गर्यौँ, यो समस्या समाधानका लागि हामी सबैको एउटै आवाज रहेको छ ।'
उनले जि२० मा आबद्ध रहेका सबै देशहरूले खाद्यान्नको आपूर्ति व्यवस्थाको सञ्जाललाई आवश्यक मात्रामा सहजीकरण गर्नुपर्ने र हरेक देशको उत्पादन र वितरणको प्रक्रियालाई सहयोग गर्न एक संयन्त्रको विकास गर्नुपर्नेमा पनि जोड दिइएको बताएकी थिइन् । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया