विश्व

'अमेरिकामा महामारीको अझै भयावह स्थिति आउन सक्ने'

इकागज |
कात्तिक २४, २०७७ सोमबार २०:२० बजे

काठमाडौं : चिसो समयमा अमेरिकामा महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्‍चारमाध्यमले समाचारमा जनाएका छन् ।

अमेरिकीहरू जाडोमा विदामा बस्‍ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्‍ने गर्छन् । यस समयमा काभिड-१९ नियन्त्रणका उपायहरू अवलम्बन नभएको, जाडो बढेको र पारिवारिक जमघटका लागि टाढाटाढाबाट परिवारका सदस्यहरू घर फर्किने भएकोले सङ्क्रमण थप फैलिने खतरा रहेको विज्ञहरूलाई उद्धृत गरी अमेरिकी पत्रिका द गार्डियनले लेखेको छ । 


'एक शब्दमा भन्दा अमेरिकामा महामारी कम हुने आधार ‘आशा’ मात्रै हो रणनीतिक तयारी भएको पाइदैन,' जर्जीयास्थित इमोरी स्कूल अफ मेडिसिन तथा ग्राण्डी हेल्थ सिस्टमका सहायक डिन कार्लोस डेल रियोले भने । उनले अमेरिकामा दैनिक दुई लाख कोभिड-१९ सङ्क्रमित हुने अनुमान गर्दै यदि यो अवस्थामा पनि अमेरिकी जनस्वास्थ्य सेवा प्रणालीले धानेमा आश्चर्य नहुने बताए । अमेरिकामा अहिलेसम्म ९९ लाख ४४ हजारभन्दा बढी पुगेको र दुई लाख ३७ हजार ४०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयले जनाएको छ ।  (रासस)


Author

थप समाचार
x