विश्व

चीनद्वारा ‘गरिबी निवारणमा चिनियाँ अभ्यास’ श्‍वेतपत्र जारी

अजय अलौकिक |
चैत २५, २०७७ बुधबार ११:५५ बजे

बेइजिङः चीनले गरिबी निवारण क्षेत्रमा हासिल गरेको अनुभव तथा उपलब्धिलाई विश्वसामु प्रस्तुत गर्दै ‘गरिबी न्यूनीकरणमा चिनियाँ अभ्यास’ श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्‍को प्रेस कार्यालयले अप्रिल ६ मा गरिबी न्यूनीकरणमा चिनियाँ अभ्यास श्वेतपत्र सार्वजनिक गरेको हो । 

यसअघि फेब्रअरीमा आयोजित चीनको गरिबी निवारणको समिक्षा तथा पुरस्कार समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले चीन गरिबीमुक्त भएको घोषणा गरेका थिए । गरीबी निवारणको क्रममा चिनियाँ जनताको ठूलो लडाइँ, गरिबी निवारणको क्रममा चीनको दृष्टिकोण र गरिबी निवारणको क्रममा चिनियाँ अनुभव तथा कार्यबारे जानकारी दिने उद्देश्यले उक्त श्वेतपत्र जारी गरिएको हो । 


श्वेतपत्रले विगत १०० वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा जनताले गरिबीसँग लडाइँ गरेको तथा विशेष गरी राष्ट्रपति सी चिनफिङको निर्देशनमा सबै जनता मिलेर गरिबी निवारणको युद्धलाई पराजित गरेको प्रक्रियाबारे समीक्षा गर्नुका साथै चिनियाँ गरिबी निवारण कार्यको विकास उपलब्धि र विश्वलाई चीनको योगदानबारे जानकारी दिइएको छ । 

श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीले जनताको निर्देशन पालन गरी क्रान्तिमा विजय प्राप्त गरी नयाँ चीनको स्थापना गरेर मुलुकलाई बलियो र जनतालाई धनी हुने नयाँ प्रक्रियामा ल्याएको उल्लेख छ । सुधार तथा खुलापनले चीनको ठूलो विकास गरी चीनको गरिबी निवारण प्रक्रियालाई तीव्र पारेको उल्लेख गरेको छ । चीनको विकास नयाँ युगमा प्रवेश हुनुका साथै चीनको गरिबी निवारण कार्यक्रम गरिबी निवारणको ऐतिहासिक अवधिमा प्रवेश भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशनयता ८ वर्षसम्मको निरन्तर प्रयासपछि सन् २०२० को अन्तमा चीनले समयमै गरिबी निवारण कार्यको पूरा गरेको उल्लेख छ । 

चीनको सुधार तथा खुलापन लागू भएयता वर्तमान गरिबी मापदण्डअनुसार, ७७ करोड ग्रामीण गरिब जनताहरू गरिबीबाट मुक्त भएका छन् । विश्व बैंकको अन्तर्राष्ट्रिय गरिबी मापदण्डअनुसार, यो संख्या सोही अवधिमा विश्वव्यापी गरिब मानिसको कुल संख्याको ७० प्रतिशतभन्दा बढी हो ।

विश्व जनसङ्ख्याको लगभग २० प्रतिशत भाग ओगटेको चीनले गरिबीको निवारण गरी संयुक्त राष्ट्र संघ सन् २०३० दिगो विकासको गरिबी निवारण लक्ष्य निश्चित समयभन्दा दश वर्षअघि पूरा गरेको छ । यो उपलब्धी चीनको विकास इतिहासमा कोसेढुङ्गा रहनुका सथै मानवीय गरिबी निवारण इतिहास र मानव विकास इतिहासमा विशाल कार्य भएको तथा विश्वको गरिबी निवारण कार्य र मानव विकास प्रगतिमा ठूलो योगदान भएको श्वेतपत्रमा उल्लेख छ ।
 
गरिबी निवारण युद्धले चीनको ग्रामीण क्षेत्रलाई ऐतिहासिक तथा पूर्ण रूपमा परिवर्तन गरी चिनियाँ ग्रामीण क्षेत्रको सम्पूर्ण विकासलाई प्रवर्द्धन गरेर समाजवाद आधुनिक मुलुकको निर्माण र दोस्रो एक सय विकास लक्ष्यलाई पूरा गर्न दृढ आधार प्रदान गरेको पनि उल्लेख छ । गरिबी निवारण युद्धमा जीत हासिल भएबाट हजारौँ वर्षयता चीन राष्ट्रले पहिलो पटक पूर्ण गरिबी निवारण गरी हजारौँ वर्षअघिदेखिको चिनियाँ जनताको सपनालाई व्यवाहारमा उतारेको श्वेतपत्रमा भनिएको छ ।
उक्त श्वेतपत्रले गरिबी निवारण क्षेत्रमा चीनले हासिल गरेको अनुभव चीन लगायत विश्वका लागि भएको कुरामा पुनः एक पटक जोड दिइएको छ । चीनको विकास विश्वसँग अलग्याउन सकिँदैन साथै विश्वको विकास पनि चीनसँग जोडिएको छ । सुन्दर विश्व र भविष्यको निर्माणमा चीनले अझ ठूलो योगादन दिँदै जाने छ । चीनको गरिबी निवारणको अभ्यासले गरिबी हुनु कुनै नियति नभएको र मानवले गरिबीलाई परास्त गर्न सकिने स्पष्ट पारेको छ । 

गरिबी निवारणमा चिनियाँ अभ्यास श्वेतपत्रमा प्रस्तावना र निष्कर्षबाहेक पाँच भाग रहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको गम्भीर प्रतिदबद्धता, निरपेक्ष गरिबीविरूद्धको लडाइँमा अन्तिम जीत, लक्षित गरीबी उन्मूलन की रणनीति, गरिबी निवारणका लागि नयाँ मार्गको खोज र गरिबीमुक्त भएको साझा भविष्यको एक विश्व समुदाय रहेका छन् । यसबाहेक श्वेतपत्रमा चीनले अवस्था वमोजिम फरक फरक नीति अँगाल्दै फरक गरिबी निवारण पद्धति लागू गरी सटिक लक्ष्यसहित गरिबी निवारण गरेको पनि उल्लेख छ ।


Author

थप समाचार
x