विश्व

बेलायतको तापक्रम ३९.१ डिग्री सेल्सियस पुग्यो

इकागज |
साउन ३, २०७९ मंगलबार १७:५१ बजे

बेलायत - बेलायतमा मंगलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । 

मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो  तामक्रम यस वर्षको सबैभन्दा उच्च हो । 


ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८.७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ।  साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउँने प्रक्षेपण गरिएको छ ।


Author

थप समाचार
x