दुर्घटनामा परी इजिप्टमा २२ को मृत्यु
कायरो - दुर्घटनामा परी इजिप्टमा मंगलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ ।
“राजधानी कायरो तर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,” गभर्नर ओसामा अल क्वाडीले भने । दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।
घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् ।
राजधानी कायरो देखि २०० मिटर टाढा घटना भएको हो । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् । सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया