विश्व

साइप्रसका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

इकागज |
साउन ४, २०७९ बुधबार ६:१२ बजे

निकोज्या -साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि गरेका हुन् ।

नियमित स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उgले जानकारी दिए । अहिले ७५ वर्ष भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता पेलेकानोसले बताए।


उनले अहिले कोरोना भाइरससम्बन्धी मापदण्ड पालना गरिरहेको र केही समय बाहिर ननिस्कने पनि प्रवक्ता पेलेकानोसले स्पष्ट पारे ।


Author

थप समाचार
x