विश्व

अमेरिकामा समलिंगी विवाहलाई मान्यता दिने विधेयक पारित

इकागज |
साउन ४, २०७९ बुधबार ७:१८ बजे

न्युयोर्क- अमेरिकी  तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले समलिंगी विवाहलाई संघीय सुरक्षा प्रदान गर्ने विधेयक पारित गरेको छ । सर्वोच्च अदालतले त्यस्ता मान्यता दिने विधेयकलाई फिर्ता गर्ने त्रासबीच तल्लो सदनले विधेक पारित गरेको हो । 

दि रेस्पेक्ट फर म्यारिज एक्ट डेमोक्रर्याटिकको प्रभुत्व रहेको सदनबाट पारित भएको हो । विधेयकको पक्षमा २६७ र विपक्षमा १५७ मत परेको थियो । तर, विधेयक सिनेटबाट पारित हुने बारेमा अनिश्चित छ ।


बिधेयक पारित गर्न ४७ रिपब्लिकन सांसदहरू डेमोक्र्याटहरूसँगै सामेल भएका थिए । विद्येयकको पक्षमा उनीहरु सहभागी हुँदा सदनमा तालिको गडगडावट सुनिएको थियो ।

१०० सदस्य रहेको सिनेटमा ५० सिटमा डेमोक्रर्याट छन् । नयाँ विधेयकले अमेरिकी राज्यहरूलाई अर्को राज्यमा गरिएको वैध विवाहलाई मान्यता दिन बाध्य पार्छ । यसले समलिङ्गी युनियनहरूलाई मात्र होइन अन्तरजातीय विवाहहरूलाई पनि सुरक्षा प्रदान गर्दछ । एजेन्सी


Author

थप समाचार
x