श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
काठमाडौँ - श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । आफ्नै दलका दलस दलस अलापेरुमालाई पराजित गर्दै विक्रमासिंघले राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरे भने दलसले ८२, अनुरा कुमाराले ३ मत प्राप्त गरे । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।
आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति छान्नका लागि बुधबार संसद्मा मतदान भएको हो ।
यसअघि तत्कालीन राष्ट्रपति राजापाक्षले राजीनामा दिएपछि विक्रमासिंघेलाई कार्यवहाक राष्ट्रपति बनाइएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया