विश्व

पाकिस्तानमा डुंगा दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो

इकागज |
साउन ४, २०७९ बुधबार १८:४२ बजे

लाहोर - पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् ।

करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो । अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् ।


अधिकारीहरूले भने, “अहिलेसम्म प्रायजसो महिला तथा केटाकेटीहरूगरी २६ जना मृत फेला परेका छन् र सोही सङ्ख्यामा मानिसहरू वेपत्ता छन् ।”

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता कशिफ निसार गिलले एएफपीसँग भने, “डुङ्गा दुर्घटना भएको ४८ घण्टाभन्दा बढी भइसक्यो । त्यसैले पानीमा कोही जीवित फेला पर्ने सम्भावना क्षीण छ । यद्यपि उनीहरूको खोजी जारी रहेको छ ।”   

दुर्घटनामा परेका झण्डै आधा यात्रु नदीमा पौडी खेलेर जीवन बचाउन सफल भएका पनि बताइएको छ । जीवितहरूमध्ये धेरै पुरुषहरू पौडी खेलेर नदीको किनारमा निस्केका गिलले बताए । 


Author

थप समाचार
x