अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण
फाइल तस्बिर
वासिङ्टन डिसी - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले पुष्टिगरेकी हुन् ।
कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधि पनि लिइरहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् ।
राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने व्हाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा. केविन ओ कोनोरले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया