विश्व

अमेरिकाबाट २६ घण्टामा भारतीय बिरामीलाई एयरलिफ्ट

इकागज |
साउन ६, २०७९ शुक्रबार १०:५६ बजे

तस्बिरः बीबीसी

काठमाडौँ – आपतकालीन शल्यक्रियाको आवश्यकता परेपछि एक भारतीय महिलालाई अमेरिकाबाट भारत एरोमेडिकल उद्दार गरिएको छ । पछिल्ला वर्षहरूमा गरिएको यो अहिलेसम्मकै सबैभन्दा लामो एयरलिफ्ट भएको बीबीसीले जनाएको छ । 

उडान २६ घण्टासम्म चलेको तथा उडानका दौरान तीन स्थानमा अवतरण गरिएको थियो । विमान मंगलबार भारतको चेन्नइ पुग्दासम्म एक पटक आइसल्यान्ड तथा दुई पटक टर्कीमा रोकिएको थियो । नाम नखुलाएइको उक्त ६७ वर्षीया महिला अहिले शल्यक्रियाका लागि पर्खिरहेकी छन् ।


उनी आफ्ना सन्तासँग अमेरिकाको ओरेगनस्थित पोर्टल्यान्डमा बस्दै आएकी थिइन् । उनमा समस्या देखिएको र शल्यक्रियाको आवश्यकता परेको थियो । तर उनको परिवारले उनलाई भारतमै उपचार गर्नु उचित ठानेर भातरको बैंग्लोरमा रहेको एयर एम्बुलेन्स सर्भिस, इन्टरनेसनल क्रिटिकल-केयर एयर ट्रान्सफर टिम (आईसीएटीटी) लाई सम्पर्क गरेको थियो ।

आईसीएटीटीका निर्देशक शालिनी नलवाडले इन्धन र मर्मतको समय बचत गर्नका लागि दुईवटा विमान प्रयोग गरेको बताइन् । यस अघि उक्त कम्पनीले सन् २०२० को कोभिडको समयमा दक्षिण अफ्रिकाबाट १८ घण्टामा बिरामीलाई एयरलिफ्ट गरेको थियो ।

उचित व्यवस्थापन तथा बिरामीलाई तयार पार्न आईसीएटीटी निर्धारित समयभन्दा दुई दिनअघि नै पोर्टल्यान्ड पुगेको थियो । 

विमानमा सर्वप्रथम आइसल्यान्डको रेकजाभिक पुगेर इन्धन भरिएको थियो । त्यसपछि टर्कीको इस्तानबुल पुर्‍याइएको थियो जहाँ बिरामीलाई अर्को विमानमा राखिएको थियो । त्यसपछि विमानलाई टर्कीकै डियारबाकिरमा इन्धन भर्नका लागि अवतरण गरिएको थियो । त्यसपछि भने चेन्नइमा अवतरण भएको थियो । यसका लागि बिरामीले ८ हजार अमेरिकी डलर खर्चनु परेको थियो । 
 


Author

थप समाचार
x