गुणेवार्दनेले लिए श्रीलंकाको नयाँ प्रधानमन्त्रीको शपथ
काठमाडौँ – श्रीलंकाको नयाँ प्रधानमन्त्री दिनेश गुणेवार्दनेले शपथ लिएका छन् । गुणेवार्दनेले शुक्रबार श्रीलंकाको प्रधानमन्त्रीको शपथ लिएको द हिन्दुले जनाएको छ ।
७३ वर्षीय गुणेवार्दनेले यसअघि विदेश तथा स्वास्थ्य मन्त्रीको रुपमा काम गरिसकेका छन् । यसअघि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले उनलाई गत अप्रिलमा गृहमन्त्री नियुक्त गरेका थिए ।
पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि शुक्रबार श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा शपथ लिने भएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया