क्यालिफोर्नियामा डढेलो, तीन हजार जनालाई सुरक्षित स्थलतर्फ सारियो
सांकेतिक तस्बिर
क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ ।
शुक्रवारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन । “ब्यापक रूपमा फैलिइरहेको डढेलोे अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,” क्यालिफोर्नियाको वारुण विभागले भनेको छ ।
डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन् ।
डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ ।
डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ ।(एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया