ह्वाइट कोट समारोहमा गर्भपतन विरोधी चिकित्सक मुख्य वक्ता बनाइएपछि...
सांकेतिक तस्बिर
न्युयोर्क- एक गर्भपतन विरोधी डाक्टर कार्यक्रमको मुख्य वक्ताको रूपमा स्टेजमा पुगेपछि युनिभर्सिटी अफ मिसिगिन मेडिकल विद्यालयका विद्यार्थीहरूले ह्वाइट कोट समारोह बहिस्कार गरेका छन् ।
गर्भपतन विरोधी डा. क्रिस्टिन कोलियरले भाषण सुरु गर्ने बित्तिकै विद्यार्थीहरू कार्यक्रमबाट बाहिर निस्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ह्वाइट कोट समारोह एक औपचारिक कार्यक्रम हो, जसमा विद्यार्थीहरूलाई सेतो कोट प्रदान गरिन्छ र यसले मेडिसिन क्षेत्रमा उनीहरूको औपचारिक प्रवेश गरेको संकेत गर्छ ।
क्लिप ट्विटरमा नोटको साथ सेयर गरिएको छ, आउँदै गरेका मेडिकल विद्यार्थीहरू मिसिगन विश्वविद्यालयको सेतो कोट समारोहमा बाहिर निस्कन्छन् किनभने मुख्य वक्ता गर्भपात विरोधी छन् । भिडियोलाई १० घन्टामा २८ लाख पटक हेरिएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया