श्रीलङ्काका ग्यास स्टेशनहरूले अगस्टदेखि राष्ट्रिय इन्धन पास मात्र स्वीकार गर्ने
कोलम्बो - श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन्।
विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल र निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्यास स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन्।
मन्त्रीले ६० प्रतिशत ग्यास स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन् । जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन् ।
राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्यास स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन् ।
श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन्।।
-----
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया