विश्व

अमेरिकामा बाढी, कम्तिमा १६ को मृत्यु

इकागज |
साउन १४, २०७९ शनिबार १३:४६ बजे

काठमाडौँ – अमेरिकाको पूर्वी केन्टुकीमा गएको बाढीमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् ।

भारी वर्षापछि आएको बाढीमा परी १६ जनाको मृत्यु भएको केन्टुकीका गभर्नर एन्डी बेसियरले बताएको बीबीसीले उल्लेख गरेको छ ।


अमेरिकी राष्ट्रपति जो बाइडनले बाढीलाई ठूलो प्रकोपको घोषणा गर्दै राहत तथा उद्दार कार्यमा जुटन निर्देशन दिए ।

करिब २३ हजार मानिसको घरमा विद्युत अवरुद्ध भएको छ । अधिकांश क्षेत्र पानीमा डुबेका छन् भने कैयौं स्थानमा यात्रा गर्न असम्भव रहेको समाचारमा जनाइएको छ ।


Author

थप समाचार
x