स्पेनमा मंकीपक्सको दोस्रो बिरामीको मृत्यु
फाइल तस्बिर
म्याड्रिड- स्पेनमा मंकीपक्सको दोस्रो बिरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ ।
स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मंकीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो ।
यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो ।
मन्त्रालयले भनेको छ, 'कूल तीन हजार ७५० मा मंकीपक्स सङ्क्रमणको शङ्का गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ ।'
मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, 'मृतकमध्ये ‘दुई युवकहरू’ थिए र दुवै मृत्युका बारेमा थप अध्ययनहरु भइरहेका छन् ।'
स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मंकीपक्सको सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ । मंकीपक्स सङ्क्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलुकमध्ये एक बनेको छ ।
ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मंकीपक्स सङ्क्रमित पहिलो बिरामीको मृत्यु भएको घोषणा गरेको थियो ।
यस पहिले अफ्रिकामा मंकीपक्स सङ्क्रमित नागरिकको मृत्यु भएको थियो । अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ तत्कालीन समयमा महामारीको रूप लिएको थियो ।
यद्यपि यस बर्ष मंकीपक्स सङ्क्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटका रूपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो ।
डब्ल्यरूएचओका प्रमुख टेड्रोस आधानोम घेब्रेयससका अनुसार यस वर्ष मंकीपक्सका अधिकांश सङ्क्रमणहरू यूरोपमा पुष्टि भएका छन् ।
मे महिनाको सुरुदेखि अहिलेसम्ममा विश्वभरि देखिएको मंकीपक्स सङ्क्रमितमध्ये यूरोप क्षेत्रमा झण्डै ७० प्रतिशत समस्या देखिएको छ । एएफपी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया