विश्व

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै

इकागज |
साउन १४, २०७९ शनिबार २१:२ बजे

फाइल तस्बिर

इस्लामाबाद- पाकिस्तानमा पोलियो भाइरसका बिरामी बढेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको छ । 

शरिफले यस वर्ष आफ्नो देशमा पोलियो भाइरसका पुष्टि गरिएका घटनाहरूको संख्यामा वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै पालियो सङ्क्रमण निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको कुरामा जोड दिएका कार्यालयले शुक्रबार जारी उक विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रधानमन्त्रीले यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमणहरू देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएको उल्लेख गरिएको छ । 

पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना सक्रियतापूर्वक कार्यान्वयन गर्दै आएको बताएका छन् । 

कार्यक्रमका विशेषगरी अग्रपङ्तिमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा स्वयंसेवक लगायत जोखिम देखिएका सबै नागरिकलाई समेट्ने सरकारको उच्च प्राथमिकतामा परेको प्रधानमन्त्री शरिफले बताए । 

यसैबीच, पोलियो सङ्क्रमणका घटनाहरू बढेपछि प्रधानमन्त्री शरिफले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्ससँग टेलिफोन वार्ता गरेका छन् ।

फोनवार्तामा उनीहरूबीच सार्वजनिक स्वास्थ्यसम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

छलफलका क्रममा बिल गेट्सले यस पोलियो वृद्धि हुन थालेको भन्दै यसमा आफ्नो सहयोग रहने बताएका थिए । पोलियो भाइरसको कारण कुनै पनि बच्चा पक्षघातको खतरामा नहोस् भन्ने सुनिश्चित गर्न पाकिस्तानलाई फाउन्डेसनको निरन्तर सहयोग रहने पनि उनले बताएका प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिन्ह्वा


Author

थप समाचार
x