मंकीपक्सका कारण न्यूयोर्कमा सार्वजनिक स्वास्थ्य संकटको घोषणा
न्यूयोर्क - मंकीपक्सको प्रकोपका कारण न्युयोर्क शहरले शनिबार सार्वजनिक स्वास्थ्य संकटको अवस्था घोषणा गरिएको छ ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्क राज्यमा कूल एक हजार ३८३ जनामा मंकपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।
`हाल न्यूयोर्क शहर यो प्रकोपको केन्द्र हो र हाम्रो अनुमानअनुसार हाल करिब एक लाख ५० हजार न्यूयोर्कवासीहरू मंकीपक्स सङ्क्रमणको जोखिममा पर्न सक्छन्,` उक्त वक्तब्यमा लेखिएको छ ।
यस घोषणाले स्वास्थ्य विभागलाई शहरी स्वास्थ्य नियम अन्तर्गत आकस्मिक आदेश जारी गर्न र सङ्क्रमण विस्तारलाई सुस्त बनाउन नियम तथा प्रावधानहरूमा संशोधन गर्न अनुमति दिनेछ ।
न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यमा मंकीपक्स सङ्क्रमणले प्रकोपको रूप लिएको घोषणा गरेको एक दिनपछि नयाँ घोषणा भएको बताए ।
बिहीबार न्यूयोर्क स्वास्थ्य विभागले मङ्कीपक्स सङ्क्रमणलाई ‘जनस्वास्थ्यको लागि आउनै लागेको खतरा’ को घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकले देखाएअनुसार शुक्रबारसम्म अमेरिकाभर पाँच हजार १८९ रोगको पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठनले जुलाई २३ मा मंकीपक्स सङ्क्रमणलाई अन्तरराष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य संकटका रूपमा घोषणा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया