न्युजिल्यान्डको सिमाना पूर्ण रूपमा खोलियो
न्युजिल्यान्ड- सन् २०२० को मार्चमा कोभिड महामारीले बन्द न्युजील्याण्डको सिमाना सोमबार विश्वभरका आगन्तुकहरूको लागि पूर्णरूपमा पुनः खुला भएको छ । न्युजील्याण्डका सीमाहरू फेब्रुवरीमा न्यूजील्याण्डका लागि पुनः खोलिएको थियो । देशमा कोभिडविरुद्धका प्रतिबन्धहरू क्रमशः सहज भएका छन् ।
भिसा चाहिने आगन्तुकहरू र विद्यार्थी भिसामा रहेकाहरूलाई पनि न्युजिल्यान्ड फर्कन अनुमति दिइएको छ । न्युजील्याण्डले अब आफ्नो बन्दरगाहहरूमा क्रुज जहाजहरू र विदेशी मनोरञ्जन याटलाई पनि अनुमति दिइरहेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीले न्यूजील्याण्डको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । पुनः सीमा खोलिएसँगै देशभरका स्कूल र विश्वविद्यालयहरूलाई फेरि बढावा दिने शैक्षिक प्रदायकहरूले आशा राखेका छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया