विश्व

बाढीमा परी पाकिस्तानमा १ सय २४ को मृत्यु

इकागज |
साउन १६, २०७९ सोमबार १४:९ बजे

काठमाडौँ – बाढीका कारण पाकिस्तानको बलोचिस्तान राज्यमा कम्तीमा १ सय २४ जनाको मृत्यु भएको छ । १० हजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएको, सडक तथा पुलहरु भत्किएको आईएएनएसले जनाएको छ ।

केही समयअघि खडेरीझै अवस्था रहेको तथा झाडापखालका कारण मानिसहरूको मृत्यु भइरहेको बलोचिस्तानमा भारी वर्षापछि आएको बाढीमा १ सय २४ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।


प्रधानमन्त्री शेहवाज सरिफले मृतकका परिवारलाई १० लाख तथा घर क्षतिग्रस्त भएकाहरुलाई ५ लाख रुपैया प्रदान गरिने घोषणा गरेका छन् । प्रधानमन्त्री सरिफले उद्दार कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन् ।


Author

थप समाचार
x