लिबियामा इन्धन बोकेको ट्रक विस्फोटमा ६ जनाको मृत्यु
लिबिया - लिबियाको दक्षिणपश्चिममा सोमबार इन्धन बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको चिकित्सकहरूले बताएका छन्।
विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । उक्त ट्रक बेन्ट बयाह जिल्लास्थित पेट्रोल स्टेशनतर्फ जाँदै थियो। उक्त विस्फोटपछि नजिक रहेका कारहरूमा आगलागी भएको थियो र ठूलो भागदौड मच्चिएको थियो।
दक्षिणी लिबियाको मुख्य शहर सेभाको एक अस्पतालका अधिकारीले एएफपीलाई ६ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
सो अस्पतालमा ५० भन्दा बढी घाइतेहरू भर्ना गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको पनि बताइएको छ।
अन्तरिम प्रधानमन्त्री अब्दुलहामिद दबेबाले ट्वीट गर्दै सरकारले घटना बारे अनुसन्धान थालेको बताएका छन् । ‘हामीले घाइतेहरूलाई तत्काल प्रमुख अस्पतालमा लैजान क्राइसिस सेललाई निर्देशन दिएका छौं।` ट्विटमा लेखिएको छ ।
लिबियामा अफ्रिकाको सबैभन्दा ठूलो तेल भण्डार छ तर छिमेकी देशहरूमा हुने इन्धन तस्करीले पम्पहरू प्रायः रित्तै रहने गर्दछन् ।
गद्दाफीको सत्ताच्युतपछि लिबिया थप समस्याग्रस्त बनेको छ।
(((((
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया