विश्व

रुससँग नयाँ हतियार नियन्त्रणबारे वार्ता गर्न बाइडन तयार

इकागज |
साउन १७, २०७९ मंगलबार ७:३१ बजे

फाइल तस्बिर

वाशिङ्गटन [अमेरिका]- अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचाबारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताएका छन् । 'आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ । तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,' बाइडनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत सो कुरा बताएका हुन् ।

'रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छ' उनले भने । उनले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राखेका छन् । 'चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र  पी-५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ । हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन,' राष्ट्रपति बाइडनले भने। (एएनआई/स्पुतनिक)



Author

थप समाचार
x