विश्व

अल-कायदा प्रमुख अयमान अल-जवाहिरी मारिए

इकागज |
साउन १७, २०७९ मंगलबार १२:१६ बजे

काठमाडौँ- अल-कायदा प्रमुख अयमान अल-जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले बताए अनुसार सीआईएको ड्रोन आक्रमणमा अल-जवाहिरी मारिएको अलजजिराले उल्लेख गरेको छ ।

बाइडेनका अनुसार अल-जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा भएको आइतबार भएको ड्रोन आक्रमणमा मारिएका हुन् । अल-कायदाका संस्थापक नेता ओसामा विन लादेन सन् २०११ मा मारिएपछि अल-कायदाका लागि यो सबै भन्दा ठूलो क्षति भएको बताइन्छ ।


बाइडनले ह्वाइट हाउसबाट टेलिभिजन संन्देशमा आतंकवादी नेता मारिएको बताउँदै न्याय प्राप्त भएको जनाए ।

बाइडेनले गुप्तचरले यसै वर्षको सुरुवातमा अल-जवाहिरीको ठेगाना पत्ता लगाएको तथा आक्रमणमा उनको परिवारको अथवा सर्वाधारणमा मृत्यु नभएको समेत दावी गरे ।

टाउकोको मूल्य २५ मिलियन अमेरिकी डलर राखिएको इजिप्टियन नागरिक अल-जवाहिरी सन् २००१ मा अमेरिकामा भएको आतंकवादी आक्रमणका संयोजक भएको मानिन्छ ।


Author

थप समाचार
x