विश्व

स्वीडेनका स्वास्थ्य संस्थामा फेरि मास्क अनिवार्य

इकागज |
साउन १९, २०७९ बिहीबार ६:२३ बजे

स्टकहोम - स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरूमा सबैले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको हो । 

कोरोनाका कारण पछिल्लो समय कतिपयको मृत्यु भएको र कतिपयको अवस्था गम्भीर रहेको पाइएको छ । स्वीडेनका २१ प्रशासनिक क्षेत्र मध्ये १७ क्षेत्रमा अघिल्लो हप्तादेखि नै स्वास्थ्य संस्थाहरूमा मास्क अनिवार्य गर्न निर्देशन दिइएको थियो । 


त्यसैगरी विमानस्थलहरुमा पनि मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वीडेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको ताजा विवरण अनुसार अघिल्लो हप्ताको तलुनामा अहिले १३ प्रतिशतले सङ्क्रमितहरुको सङ्ख्या बढेको छ ।  

गत जुलाई १८ देखि २४ सम्ममा २१ हजार ७५१ जना सङ्क्रमित भएका थिए । तीमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका थिए ।
 


Author

थप समाचार
x