उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु
प्रतिकात्मक तस्वीर
ब्रिसबेन–उत्तरी अष्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु भएकाे छ । साे घटनामा एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।
क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगीमा २०० मानिस बसोबास गर्छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया