दिल्लीमा मंकीपक्सबाट थप एक व्यक्ति संक्रमित
फाइल तस्बिर
नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीमा विदेशी मूलकी एक महिलामा बुधबार साँझ मंकीपक्स संक्रमण पुष्टि भएको बिहीबार स्वास्थ्य विभागका अधिकारीले पुष्टि गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमले संक्रमित नाइजेरियाली नागरिक भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा मंकीपक्स पहिलोपटक महिलामा संक्रमण भेटिएको हो । यससँगै नयाँ दिल्लीमा मंकीपक्सबाट चौथो व्यक्ति संक्रमित भेटिएको पुष्टि भएको छ भने देशभर कूल नौ जनामा यो भाइरस संक्रमण पुष्टि गरिएको छ ।
अहिलेसम्म संक्रमितमध्ये दक्षिण भारतको केरलाका एक जनाको मृत्यु भएको छ । जुलाई १४ मा संक्रमित भेटिएका केरलाका एक व्यक्तिको गत साताको अन्त्यसम्ममा पूर्णतया निको भइसकेको छ ।
केही दिनअघि मात्र दिल्ली सरकारले मंकीपक्स रोगी वा संदिग्ध केसहरूका लागि राष्ट्रिय राजधानी नयाँ दिल्लीका छ अस्पतालहरूमा आइसोलेसनका लागि ७० कोठाहरूको व्यवस्था गरिएको छ भने केरला सरकारले पनि भाइरल रोगलाई फैलन नदिन प्रयाप्त प्रबन्ध मिलाएको जनाएको छ । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया