विश्व

दक्षिण सुडानमा थप दुई वर्षका लागि सङ्क्रमणकालीन सरकार रहने

इकागज |
साउन १९, २०७९ बिहीबार २०:४६ बजे

जुबा - दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन् । 

विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्क्रमणकालीन सरकारको अवधि लम्ब्याउनु परेको जनाइएको छ ।


झन्डै चार लाख नागरिकले युद्धमा ज्यान गुमाएपछि पाँच वर्षे गृहयुद्ध अन्त्य गर्न सन् २०१८ मा भएको सम्झौता भएको थियो ।

मन्त्रिपरिषद् मामिला मन्त्रालयका मार्टिन एलिया लोमुरोले भने, `शान्ति सम्झौता कार्यान्वयनमा बाधा पुग्ने चुनौतीलाई सम्बोधन गर्न यो निर्णय लिइएको हो ।` 

विश्वको सबैभन्दा कान्छोे राष्ट्र, दक्षिण सुडानमा सन् २०२३ को फेब्रुअरीमा निर्वाचनसँगै सङ्क्रमणकालको समापन गर्न लागिएको थियो । तर, सरकारले अहिलेसम्म संविधानको मस्यौदा तयार गर्नेलगायतका सहमतिका मुख्य प्रावधान पूरा गर्न सकेको छैन ।


Author

थप समाचार
x