विश्व

ट्रम्पले 'मार–ए–लागो सर्च वारेन्ट'को विरोध नगर्ने

इकागज |
साउन २७, २०७९ शुक्रबार १३:४९ बजे

फाइल तस्बिर

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई एजेन्टहरूलाई मार–ए–लागो घरमा खोजी गर्न दिने वारेन्टको रिहाइको विरोध नगर्ने बताएका छन् ।

ट्रम्पले तत्काल रिहाइलाई प्रोत्साहन दिइरहेको विज्ञप्तिमा जनाइएको छ । उक्त खोज अनावश्यक र राजनीतिक रूपमा प्रेरित भएको भन्दै उनको दाबी दोहोर्‍याइएको बताइएको छ ।


अमेरिकी न्याय विभागले फ्लोरिडाको एक अदालतलाई वारेन्ट खोल्न अनुरोध गरेको छ । वारेन्ट खुलाएर कागजातहरू जनतालाई उपलब्ध गराइने बताइएको छ ।

उक्त कागजातहरूले सोमबार ट्रम्पको फ्लोरिडाको घर खोज्नुको कारण पुष्टि गर्न सक्ने तर न्याय विभागले अझै खुलासा नगरेको आरोप लगाइएको छ ।

एफबीआईको खोज पूर्वराष्ट्रपतिले ह्वाइट हाउसबाट गोप्य अभिलेख र संवेदनशील सामग्री हटाएको छ कि छैन भन्ने अनुसन्धानसँग जोडिएको मानिएको छ ।
 


Author

थप समाचार
x