विश्व

क्यामरूनका हजार सैन्य प्रशिक्षार्थीकै प्रमाणपत्र नक्कली

इकागज |
साउन २८, २०७९ शनिबार ६:३५ बजे

याउन्डे- क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ ।

उनीहरु सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षा मन्त्री जोसेफ बेती असोमोले जानकारी दिए। उनीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उनले बताए ।


सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनौट भइ तालिम लिइरहेका मध्येकै व्यक्तिको प्रमाणपत्र नक्कली भेटिएको हो । 

क्यामरुनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरुलाई सैनिक निकायले स्विकार्न नसक्ने उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत् सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउनेतर्फ आफूहरु सधैँ उच्च सतर्क रहेको पनि बताएका छन् । 

उनका अनुसार मध्य अफ्रिकी मुलुक म्यामरुनमा सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलो पटक हो । (सिन्ह्वा)


Author

थप समाचार
x