रुस्दीप्रति फ्रान्सको सहानुभूति, राष्ट्रपति म्याक्रोँ भन्छन्- पहिलेभन्दा धेरै उहाँको पक्षमा छौँ
न्युयोर्क- शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि फ्रान्सले सहानुभूति जनाएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्स उनको साथमा रहेको बताएका छन् । भारतीय मूलका ब्रिटिश अमेरिकी उपन्यासकार रुस्दीको संयुक्त राज्य अमेरिकामा एक साहित्यिक कार्यक्रममा छुरा प्रहार भएको थियो ।
‘३३ वर्षदेखि सलमान रुस्दीले अस्पष्टताविरुद्धको लडाईलाई मूर्त रूप दिनु भएको छ । उहाँको लडाई हाम्रो हो । आज पहिले भन्दा धेरै हामी उहाँको पक्षमा उभिन्छौं’, उनले ट्वीटरमा भने ।
शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।
आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।
प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया