भारतमा विवाहित जोडीलाई गर्भनिरोधक सामग्री सहितको ‘वेडिङ गिफ्ट’ दिइने
काठमाडौँ- भारतको ओडिसा सरकारले जनसंख्या नियन्त्रणका लागि नयाँ विवाहित जोडीलाई उपहारको रुपमा ’वेडिङ किट’ अर्थात विवाह सामग्री दिने योजना अघि सारेको छ ।
परिवार नियोजनको छनोटका लागि एउटा टोकरीमा परिवार नियोजनका विधिहरू र फाइदाहरूका विश्लेषण गरिएको बुकलेट, विवाह दर्ता फारम, कन्डम, मौखिक गर्भनिरोधक चक्कीहरू (ओसीपीहरू) र आपतकालीन गर्भनिरोधक चक्कीहरू रहने एक्सप्रेस न्यूज सर्भिसले जनाएको छ ।
त्यसका साथै उपहारमा घरमै हेर्न मिल्ने गर्भावस्था परीक्षण सामग्री विशेष उपहारको रुपमा हुनेछ भने महिलाका लागि काइयो, बिन्दी, नेल कटर, ऐना, रुमाल र तौलिया जस्ता वस्तुहरू पनि रहनेछन् ।
नेशनल हेल्थ मिशनको एक भागको रुपमा उक्त योजना रहेको छ । जसको उदेश्य भनेको युवा दम्पतीहरुमा परिवार नियोजनको अस्थायी र स्थायी विधिहरू अपनाउनुपर्ने आवश्यकताबारे जनचेतना जगाउनु हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया