नयाँ आदिवासी सांस्कृतिक केन्द्रको लागि स्थान छनौट
काठमाडौंँ– पश्चिमी अस्ट्रेलियाको स्वदेशी संस्कृति प्रदर्शन गर्न डर्बाल येरिगन(स्वान नदी) र पर्थ कन्सर्ट हलको बीचमा एउटा आदिवासी सांस्कृतिक केन्द्र निर्माण गरिने भएको छ । सांस्कृतिक केन्द्र र एक उपर्युक्त सम्भावित साइटमा सल्लाह प्रदान गर्नको लागी स्थापित निकाय ह्वाडजुक एबोरिजिनल कल्चरल सेन्टर कल्चरल अथोरिटीद्वारा उक्त स्थान छनोट गरिएको बताइएको छ ।
केन्द्रले आदिवासीहरूलाई बलियो आवाज दिने र आदिवासी संस्कृतिलाई उत्कृष्ट प्रकाशमा देखाउने समितिका ब्यारी विनमारले बताएका छन् । विनमारले भने, ‘यसले हामीलाई हाम्रा कथाहरू सुनाउने, हाम्रा गीतहरू सुनाउने अनि कला, नृत्य र मिडिया मार्फत हाम्रो संस्कृति कस्तो देखिन्छ भनेर प्रदर्शन गर्ने अवसर दिन्छ ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया