अर्मेनीयाको किनमेल बजारमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता
फाइल तस्बिर
येरेवान- आर्मेनीयाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् ।
विस्फोटपछि तीन तले भवन ध्वस्त भएको थियो। अहिले ३५० अग्नि नियन्त्रक र उद्धार कर्ताहरू अहिले त्यहाँ उद्धारमा जुटिरहेका छन् । आर्मेनीयाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गरेका छन् ।
घटनाको कारणबारे अनुसन्धान जारी छ । सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया